काठमाडौं, २९ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले शनिबार मध्यरातिदेखि एमाले मुलुकको सबैभन्दा ठूलो पार्टी भएको दाबी गरेका छन् ।
संसदको अन्तिम बैठकलाई शनिबार सम्बोधन गर्ने क्रममा ओलीले यस्तो दाबी गरेका हुन् । ‘शनिबार मध्यरातिदेखि संसद रहँदैन’, उनले भने, ‘मध्यरातिदेखि एमाले सबैभन्दा ठूलो पार्टी हुन्छ ।’
एमाले ठूलो पार्टी भएको आधार दिँदै अध्यक्ष ओलीले भने, ‘मध्यरातिबाट संसद हुँदैन । अहिलेसम्म कांग्रेस ठूलो पार्टी थियो । अब एमाले ठूलो पार्टी बन्छ । स्थानीय तहको निर्वाचनमा सबैभन्दा धेरै स्थानीय तह जितेका छौँ ।’
प्रतिनिधि सभा र प्रदेश सभामा एमालेले दुईतिहाइ सिट जितेर सरकार बनाउने उनले दाबी गरे । ‘वामपन्थीहरू मिलेका छन् । यसपटक हाम्रो दुईतिहाइ सिट आउँछ’, ओलीले दाबी गर्दै भने ।











प्रतिक्रिया