काठमाडौं, २८ असोज । उपप्रधानमन्त्री कमल थापासहित राप्रपाका चार मन्त्रीले शपथ लिएका छन् ।
शनिबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा थापासहित मन्त्रीहरु दिलनाथ गिरी, जयन्त चन्द र विक्रम थापाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।
प्रधानमन्त्री देउवाले शुक्रबार साँझ राप्रपाबाट चार मन्त्री र चार राज्यमन्त्री नियुक्ति गर्दै मन्त्रिपरिषद विस्तार गरेका थिए । नवनियुक्त मन्त्रीहरूको मन्त्रालय भने तोकिएको छैन ।
राप्रपाका मन्त्रीले सपथ लिएसँगै विस्तारित मन्त्रिमण्डल ६४ सदस्यीय भएको छ ।











प्रतिक्रिया