काठमाडौं, २८ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी भोलिदेखि प्रमुख दल हुने स्पष्ट पारेका छन् ।
उनले संसद बैठकलाई सम्बोधन गर्दै भनेः
अब प्रतिपक्षी, सत्ता पक्ष भन्ने के रह्यो र ! आज राति १२ बजेदेखि नेकपा एमाले संसदमा दोस्रो ठूलो दल भन्ने थियो अब नेकपा एमाले दोस्रो ठूलो दल होइन् एकलौटी प्रमुख दल हो देशको । अब संसद सिध्धएपछि जे छ त्यसको मात्रै हिसाब हुन्छ । स्थानीय तहमा १४ हजार ९८ सीट जितेको प्रमुख दल एमाले हो । अरुभन्दा एक लाख भोट बढी ल्याएको एमाले हो । ४–५ हजार सीट बढी ल्याएको एमाले नै हो । त्यसकारण कहाँ चै प्रमुख भन्ने कहाँ नभन्ने नभन्ने झन्झट थियो के । संसदमा ठूलो दल भन्नुपर्थ्यो । अब भोलिदेखि पर्दैन् । सोझै भनेहुन्छ एमाले देशको प्रमुख पार्टी हो । म देशको प्रमुख पार्टीको तर्फबाट भन्दैछु शान्तिपूर्ण ढंगबाट चुनाव गराउनका लागि सरकारलाई पूरा का पूरा साथ रहनेछ ।












प्रतिक्रिया