टेक्सास । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रको संयोजकमा गौरी जोशीले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
एनआरएनए अमेरिकाको निर्वाचनका क्रममा विभिन्न कारणले चर्चामा रहेका टेक्सास डालसका व्यवसायी जोशीले एनआरएनए बिश्व सम्मलेन चलिरहँदा पूर्व सन्ध्यामा अमेरिकाज क्षेत्रको संयोजक आरसी पदमा उम्मेद्वारी घोषणा गर्नुभएको हो ।
सामाजिक संजालमार्फत एक बिज्ञप्ती जारी गर्दै जोशीले आरसी पदमा उम्मेद्वारी घोषणा गर्नुभएको हो । एनआरएनए अमेरिकाको निर्वाचनमा अन्तिम अवस्थामा अदालतबाट मुद्धा फिर्ता लिंदै अध्यक्षमा डा. केशब पौडेललाई सहयोग गरेका जोशी अव अमेरिकाज क्षेत्रका सबैभन्दा बलिया प्रतिस्पर्धी देखिएका छन् ।
अमेरिकाज क्षेत्रका संयोजकका लागी बर्तमान सह–संयोजक एसी शेर्पा, श्री पराजुली लगायतले यसअघि नै उम्मेद्वारी घोषणा गरिसकेका छन् ।
गैर आवासीय नेपाली संघको बिश्व सम्मेलन आजदेखी काठमाडौंमा शुरु भएको छ । सम्मेलनमा सबैभन्दा बढि प्रतिनिधी अमेरीकाबाट सहभागी भएका छन् ।
जोशीले सामाजिक संजालमार्फत घोषणा गरेको उम्मेद्वारी-
प्रेस विज्ञप्ति
केही साता अघि एनआरएन अमेरिकाको अध्यक्ष उम्मेदवारका क्रममा मैले अमेरिका वस्ने नेपालीका लागि एनआरएन अमेरिका हुनुपर्छ भन्ने लगायतका मुद्दाहरु अगाडी सारेको यहाहरुलाई सर्वविदितै छ । एनआरएन अमेरिका नेपालीका लागि अप्ठ्यारो पर्दा सहयोग गर्ने संस्था वनाउनुपर्छ भनेर मैले आफुलाई अध्यक्ष उम्मेदवार घोषणा गरेको थिएं । विवाद होइन, एनआरएन अमेरिका सवै समुदायले विश्वास गर्ने सस्था हुनुपर्छ भन्ने पक्षमा म सधैं थिएं र छु ।
नियमअनुसार मैले उम्मेदवारी दिदां पनि कायम नहुदां अदालतसम्म जानु पर्यो । त्यसवेला पनि म सहमति र सहकार्यका लागि तयार भएको वताउंदै आएको थिएं । अमेरिका भरी २ सय जना भन्दा वढी उम्मेदवार, १५ हजार मतदाता भएको अवस्थामा मेरो कारणले निर्वाचन प्रकृया रोकिनु हुदैंन भनेर अन्यायमा परेको अवस्थामा पनि मैले अदालतवाट मुद्दा फिर्ता लिएको थिएं । सहमति र सहकार्यमै वढ्न मैले केन्द्रिय उपाध्यक्ष कुमार पन्तज्यू को उपस्थितिमा एनआरएन अध्यक्ष डा केशव पौडेलसंग उम्मेदवारी फिर्ता लिने सहमति गरेको थिएं । त्यसवेला पनि उहांहरु लगायत समुदायको कयौं साथिहरुको भनाई तपाई एनआरएन अभियानमा वाहिर जानु हुदैंन भन्ने थियो । सम्पर्कमा आउनुहुने सवैले मलाई एनआरएन संस्थावाट वाहिर नजान सुझाव दिईरहनु भएको थियो ।
यस विचमा मैले एनआरएनएको केन्द्रिय नेतृत्वतहसंग सम्पर्क गर्ने मौका पनि पाएं । उहांहरुले पनि मलाई सकृय रुपमा एनआरएन अभियानमा सहभागी हुन सल्लाह र सुझाव दिनु भयो । यही सल्लाह र सुझावलाई मनन गर्दै मैले काठमाडौमा अक्टोबर १४-१७ एनआरएनए विश्व सम्मेलनमा अमेरिकाज क्षेत्रका लागि क्षेत्रिय संयोजक(आरसी) पदमा उम्मेदवारी दिने निर्णय लिएको छु ।
अमेरिकामा नेपाली समुदायको गतिविधिमा मैले सधैं साथ दिदैं आए छु । प्रत्येक महिना एउटालाई गर्दै अमेरिकाका विभिन्न शहरमा वन्ने क्रममा रहेका सामुदायिक भवन निमार्णमा सहयोग दिदैं आएको छु । अव आउने दिनमा यो दायरालाई फराकिलो पार्दै अमेरिका क्षेत्रमा पर्ने मेक्सिको, क्यानडा लगायतका देशमा वस्नु हुने नेपाली समुदायका गतिविधिलाई पनि समेट्ने म यहांहरुलाई जानकारी गराउन चाहान्छु ।
अहिलेपनि मेरो उम्मेदवारी समुदायको हितका लागि नै हो । भौगोलिक दायरा अलि फराकिलो भएको छ । मेक्सिको, अमेरिका, क्यानडा लगायत अमेरिकाज क्षेत्रमा वसोबास गर्ने हामी नेपाली समुदाय विच अझ वढी निकटताको खांचो छ । एक आपसमा सुचना, सहयोग र सहकार्य वढाउनु अहिलेको आवश्यकता हो भन्ने मलाई लागेको छ । समुदायको हितका लागि हामी सवै एक भएर अघि जान सकिन्छ । यसमा म यस क्षेत्रमा वस्ने सवै नेपाली समुदायको सुझावका लागि पनि अनुरोध गर्छु । अमेरिकाज क्षेत्रमा वस्नुहुने सवै नेपाली समुदाय, विश्व सम्मेलनमा सहभागी हुन काठमाडौं जानुहुने प्रतिनिधिज्यूहरु लगायत सवैलाई मेरो क्षेत्रिय संयोजक (आरसी) पदमा उम्मेदवारीलाई सहयोग र समर्थन गर्न अनुरोध गर्छु । यहाहरुले मलाई तपाईहरुकै माझ रहेर काम गर्ने अवसर दिनुहुने छ भन्नेमा विश्वस्त छु ।
अन्तिममा म सधै सहमति र सहकार्यका लागि तयार रहेको पुन प्रतिवद्धता व्यक्त गर्न चाहान्छु ।
गौरी राज जोशी
अमेरिकाज क्षेत्रिय संयोजक (आरसी) उम्मेदवार
टेक्सस अमेरिका ।
















प्रतिक्रिया