काठमाडौं, २८ असोज । सीमारक्षक देवनारायण यादवले भारतीय राजदूत मञ्जिभसिंह पुरीसँग भेट्न अस्वीकार गरेका छन् ।
गतवर्ष सप्तरीको तिलाठीमा भारतीयसँग लडेर नेपाली भुमि जोगाएका यादव केही दिनअघि भारतमा पक्राउ परेका थिए । भारतीय हिरासतबाट छुटेर काठमाडौं आएका यादवसँग राजदूतले भेट्नका लागि समय मागेका थिए । तर, यादवले भेट्नै मानेनन् ।
‘मलाई भारतीय राजदूतले भेट्न खबर पठाउनु भएको छ । तर मलाई भेट्न मन छैन,’ शुक्रबार नागरिक समाजका केही अगुवासँगको भेटमा उनले भने ।
यादव भर्खरै एमाले प्रवेश गरेका थिए ।
कानूनविदसँगको भेटमा यादवले आफूलाई सीमा रक्षाको रसिइबी साध्न पक्राउ गरिएको स्पष्ट पार्दै सम्पूर्ण नेपालीको साथले आफू भारतीयका अगाडि सफल भएको प्रतिक्रिया दिए ।
हरण्यलाल श्रेष्ठ, द्वारिकानाथ ढुँगेल, शम्भु थापा, टिकाराम भट्टराई लगायतको पहलमा बार हलमा भएको कार्यक्रममा यादवलाई स्वागत गर्दै बरिष्ठ अधिबक्ता थापाले भारतीय अदालतमा गएरै सहयोग गर्न आफूहरु तयार रहेको बताएका थिए ।












प्रतिक्रिया