२१ कार्तिक २०८३, शनिबार

एमाले बाराद्वारा समानुपातिकतर्फका उम्मेदवार सिफारिस, को को परे ?

6.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, २८ असोज । नेकपा एमाले बाराले मंसिर २१ गते हुने प्रतिनिधी सभा तथा प्रदेशसभा निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदबारको नाम प्रदेश संगठन कमिटीमा सिफारिस गरेको छ ।

जिल्ला संयन्त्रको बैठकले सो नाम सिफारिस गरेको हो । यसरी सिफारीस गरीएका उम्मेदबारहरुमा नेकपा एमाले केन्द्रिय सदस्य तथा बारा इञ्र्चाज बलबीर प्रसाद चौधरी, केन्द्रिय सदस्य तथा बारा सहःइञ्र्चाज दिनेश कुमार राई प्रदेस कमिटी सदस्यहरु छविलाल उप्रेती, सिता गुरुंग, बिक्रम राम, केन्द्रीय निर्वाचन बिभाग सदस्य रफिक अन्सारी, पलट चौधरी, किशोर शर्मा, पुर्व परिषद सदस्य श्रीप्रसाद पासवान जिल्ला निर्वाचन सभापति राधेश्यम शिवाकोटी, जिल्ला सचिवालय सदस्य नारायण गौतम, आनन्द थामी जिल्ला सदस्यहरु गौरी ढकाल,भरत साह,मालती कुशवाहा,प्रमिला पटेलल र बिभिन्न बिषयगत क्षेत्रबाट समेत समावेस गरेर १७ जनाको नाम सिफारीस गरीएको एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेलले बताउनु भयो ।

त्यसैगरी प्रदेस सभाका लागि आवश्यक संख्या २४ मा थपगरी ७५ जनाको नाम सिफारीस गरीएको छ । आकान्छिहरु धेरै भएकोले तलबाट आएका नाममा सामन्य परीमाजन प्रदेस कमिटीमा सिफारीस गरीएको प्रचार बिभाग प्रमुख मनोज पौडेलको भनाई छ ।

असोज १९ गते बसेको जिल्ला कमिटीको बैठकले जिल्ला अध्यक्ष सुन्दर बिक, जिल्ला इन्जार्च बलबिर चौधरी, सह इन्र्चाज दिनेस राई, सम्बन्धित क्षेत्रका संयोजक र प्रदेस कमिटी सदस्य रहेको संयन्त्र निर्माण गरेको र सो समयन्त्रबाट निर्णय गरी सिफारीस गरीएको हो ।