काठमाडौं, २८ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा शुक्रबार साझ नियुक्त गरिएका मन्त्रीहरुको सपथ आज साँझ हुने भएको छ ।
राष्ट्रपति विद्या भण्डारीले निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरी सपथग्रहणको समय तय गरेकी हुन् । मन्त्रीहरुको सपथ साँझ ७ बजेका लागि तय भएको राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिए ।
प्रधानमन्त्री देउवाले कमल थापालाई उपप्रधानमन्त्रीसहित राप्रपा नेताहरुलाई विनाभिागीय मन्त्री नियुक्त गर्दै शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका थिए ।
राप्रपाबाट मन्त्री बन्नेमा नेताहरु जयन्त चन्द, दिलनाथ गिरी, विक्रम थापा छन् । राज्यमन्त्रीतर्फ कुन्ती साही, भास्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराई रहेका छन् । सबैको मन्त्रालय तोकिएको छैन ।












प्रतिक्रिया