भक्तपुर, २८ असोज । नेकपा एमालेका नेता निर्मल भट्टराईले नेपालमा माओवादी सिद्धान्तलाई जनताको बहुदलीय जनवादले निलेको बताउनु भएको छ । उहाँले बर्तमान बामपन्थी गठबन्धन यसैको उपज हो भन्नुभयो ।
एमाले मध्यपुर ४ नम्बर वडा कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा अर्का एमाले नेता महेश बस्नेतले एमालेबिना देशको समृद्धि सम्भव नभएको बताउनु भयो ।
कार्यक्रममा जिल्ला अध्यक्ष राजेन्द्र राजथला, राजेन्द्रमान श्रेष्ठ, जिसस प्रमुख नवराज गेलाल, वचन देउजा, मध्यपुर थिमिका मेयर मदनसुन्दर श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।












प्रतिक्रिया