११ मंसिर २०८३, शुक्रबार

गुन्डा र आपराधिक पृष्ठभूमि भएकाले टिकट पाउँदैन : एमाले नेता नेम्वाङ

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असोज । नेकपा (एमाले)का स्थायी समिति सदस्य एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आपराधिक र गुन्डा पृष्ठभूमिका व्यक्तिहरूले टिकट नपाउने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेम्वाङले तल्लो तहका कमिटीहरूबाट सिफारिस भयो भन्दैमा आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरूले टिकट नपाउने बताए ।

उनले भने, ‘दीपक मनाङ्गेसहित केही त्यस्ता विवादित छवि भएका व्यक्ति र नेताहरूको सिफारिस आएको छ । सिफारिस आयो भन्दैमा उनीहरूले टिकट पाउँदैनन् । टिकट वितरण गर्ने निकाय स्थायी समिति हो ।’

स्थायी समिति सदस्य नेम्वाङले भने, ‘सिफारिस त जसको पनि आउँछ । टिकटको अन्तिम निर्णय स्थायी समितिले गर्छ ।’

गुन्डा नाइके दीपक मनाङ्गे उर्फ राजीव गुरुङको नाम नेकपा (एमाले) मनाङले प्रदेश सभाका लागि सिफारिस प्रत्यक्षमा सिफारिस गरेपछि एमालेभित्र विरोधका साथै सञ्चारमाध्यमहरूले विरोध गरिरहेका छन् ।