सामसङ इलेक्ट्रोनिले S pen र दुई वटा क्यामरा भएको Galaxy Note8 नेपाली बजारमा प्रस्तुत गरेको छ ।
काठमाडौं, २७ असोज । हालै बजारमा प्रस्तुत गरिएको Galaxy Note8 मा उपभोक्ताले जुन सहजै रुपमा एक हातमा लिन सक्नुहुन्छ, S Pen को सहायताले अझै व्यक्तिगत तरिकाबाट सम्पर्क गर्न सकिने र यसमा भएको Dual Camera को साथ Optical Image Stabilization (OIS) ले जस्तोसुकै अवस्थमा पनि जीवन्त एवम् सशक्त फोटो खिच्न सकिन्छ ।
नेपालका हजारौं ग्राहकहरुको मन जित्न सफल सामसङ नोट सिरिजमा अत्याधिक सुरक्षा संयन्त्रको लागि Samsung Knox प्रविधि प्रयोग गरिएको छ । Galaxy Note8 ले ग्राहकलाई आजको अत्याधुनिक प्रविधिसँग जीवन्त राख्न विशेष सहयोग प्रदान गर्ने छ ।
“Galaxy Note8 फोनमा भएकोInfinity Display, सुधारिएको S Pen र true Dual Camera ति ग्राहकहरुको लागि हो जो सधैं उच्च आकांंक्षा राख्दछन् । सामसङले आफ्ना ग्राहकहरुको चाहनालाई सदैव आत्मसाथ गर्दै उनीहरुको आवश्यकता एवम् चाहनालाई पूरा गरी सहजता प्रदान गर्दै आएको छ । यसै सिलसिलामा नेपाली ग्राहकहरुको चाहना एवम् आकांक्षालाई पूरा गर्ने उद्देश्यले हाल नेपाली बजारमा पनि यो स्मार्ट फोन भित्र्याइएको हो” सामसङ नेपालका प्रमुख श्री प्रणय रत्न स्थापितले उल्लेख गर्नु भयो ।
Infinity Display
सहजै हातमालिन सकिने Galaxy Note8 मा भएको ठूलो स्क्रीन 6.3-inch Quad HD+ Super AMOLED Infinity Display युक्त छ, त्यसैले यो ultimate multitasking smartphone मा थोरै scroll गरी धेरै देख्न, पढ्न र आफूलाई चाहिएको कुरा सहजै रुपमा पेनको सहायताले लेख्न सकिन्छ ।
यसमा भएको Spen ले सहजै रुपमा लेख्न सकिन्छ । साथै फोनका सम्पूर्ण नयाँ नयाँ फिचरहरु सञ्चालन गर्न पनिसकिन्छ । साथीसँग कुराकानी गर्दा होस् वा अन्य एपहरु सञ्चालन गर्दा यस पेनले भिन्नै किसिमको अनुभव प्रदान गर्दछ । finer tip, सुधारिएको pressure sensitivity जस्ता विशेषतायुक्त S pen ले प्रयोग कर्तालाई अन्य स्टाइलस स्मार्टफोनको तुलनामा वेग्लै अनुभव प्रदान गर्दछ ।
GIF सपोर्ट सुविधाले सन्देश आदानप्रदानमा जिवन्तता प्रदान गर्दछ । Always On Display को सुविधाले गर्दा अनलकन गरी फोनमा भएका नोटिफिकेसनहरु हेर्न सकिन्छ र यो Galaxy Note8, मा यो सुविधालाई अझ सुधारिएको छ । Galaxy Note8 मा Screen off memo ले १०० पानासम्मको मेमोअनलक नगरीकन टिप्न सकिन्छ ।
सामसङले हालसम्मकै शक्तिशालीक्यामरा आफ्नो Galaxy Note8, मा ल्याएको छ । १२ मेगापिक्सलका दुई वटा क्यामरा लेन्स यसमा रहेका छन् । फोटो र भिडियोको लागि Optical Image Stabilization (OIS) प्रविधी रहेको हुँदा यसबाट wideangle र telephoto दुबै खिच्न सकिन्छ । मोबाइलको दुनियाँमा यस्तो फिचर पहिलो पटक ल्याइएको हो ।
Galaxy Note8 को Live Focus feature ले उच्चस्तरीय फोट खिच्न मद्दत गर्दछ । यसले फोटोको depthof field लाई नियन्त्रण गरी कुनै पनि फोटो लिनु अघि र पछि bokeheffect मिलाउन सकिन्छ ।
बाचाहरुको निरन्तराता
शक्तिशाली प्रदर्शन (Powerful Performance)
यसमा भएको ६ जिबि -याम तथा 10nm processor, र २५६ जिबिसम्म बढाउन सकिने मेमोरिले इन्टरनेट चलाउन, गेम खेल्न, भिडियो हेर्न र एकै पटकमा विभिन्न कार्य (multitask)गर्नको लागि विशेष शक्ति प्रदान गर्दछ ।
सुरक्षा
Galaxy Note8 dfbiometric authentication options, iris तथा fingerprintscanning, facerecognition, pin, pattern र password जस्ता सुरक्षा संयन्त्र तथा SamsungKnox ले तथा हार्डवेर र सफ्टवेरलेअझै उच्च सुरक्षा प्रदान गर्दछन् । यसमा भएको सुरक्षित फोल्डर सुविधाले तपाइँका व्यक्तिगत र व्यावसायिक डाटालाई छुट्टा छुट्टै राख्दछ ।
मूल्य एवम् उपलब्धता
नेपालमा Galaxy Note8 को बजार मूल्य रु. १ लाख २ हजार ९९० रहेको छ । यो नेपालमा २०७४ असोज २४ गते देखि मिडनाइट ब्ल्याक र मेपलगोल्ड रंगमा नेपालभर रहेका सामसङ ब्राण्ड स्टोर र निश्चित रिटेल स्टोरहरुबाट खरिद गर्न सकिने छ ।
ग्राहकले Ncell सँगको सहकार्यमा १६ जिबि (4G) डाटा, प्रतिमहिना२ जिबि दरले ८ महिनासम्म प्राप्त गर्नुहुने छ । साथै शिखर इन्स्युरेन्ससँगको सहकार्यमा ८ महिनाभित्र सेट फुटेमा बीमा सुरक्षापनि प्रदान गरिएको छ । विभिन्न बैंकहरु मार्फत् सहज किस्तावन्दी योजना पनि उपलब्ध रहने छ ।
















प्रतिक्रिया