२१ कार्तिक २०८३, शनिबार

सहकारीको रकम नियम बिपरीत खर्च गरिदै, सामाजिक संजालबाट खेद प्रकट

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– भोबिन्द्र शाह

बाजुरा, २६ असोज । बाजुरा सदरमुकाम मार्तडीमा रहेको त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा संगलग्न केही पदाधिकारी र कर्मचारीहरुले सहकारीको रकम बिना काममा सहकारीको नियम बिपरित खर्च गरेको सामाजिक संजाल मार्फत बिरोध जनाएका छन ।

बिना कारण संस्था कार्य समितीका पदाधिकारी, कर्मचारीहरु केहि दिन अगाडि मात्रै २५ जनाको जम्बो टिम भ्रमण भन्दै बिना उद्देश्यको सहकारीको रकम हिनामिना गरीएको भन्दै संस्था भित्र र बारिबाट बिरोध भएको जनाएको छ ।

बचतकर्ताको सानो सानो बचतको पैसाले मस्ती गरिरहेका पदाधिकारीले सहकारी भित्र ब्रमलुट गरेको त्रिबेणी बचत तथा ऋण सहकारीका संूथाका पुर्ब अध्यक्ष रामचन्द्र यादवले बताए । उनका अनुसार हामीले यो भन्दा अगाडी बैठक बस्दा आफ्नै खल्तीको पैसा मार्फत चिया खान्थ्यौ तर यो समिति भने भम्रण भन्दै जनताहरुको बचत गरेको पैसामा रजाई गरेको बताए ।

त्यस्तै बचतकर्ता तथा सेयर सदस्य निमेन्द्र शाहिले भने सहकारीले जे गर्दैछ त्यो सरासर गलत हो यसमा मेरो बिरोध छ उनले भने । सहकारीमा बचतकर्ताले जम्मा गर्न दिएको ५ लाख रूपैया सहकारीका पदाधिकारी र कर्मचारीहरुले मनोमानि निर्णय गरि भ्रमणमा गएका पुर्व अध्यक्ष यादबको दावि छ । यादवका अनुसार यस बर्षको सेयरहरूको लाभांश रकम बितरण नगरेरै अडिट गरेको र त्यही रकमले भ्रमणमा गएको भन्दै खेद प्रकट गरेका छन । सहकारीका एक सदस्यले आगामी बैठकबाट यो समितिलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउने समेत बताए । भ्रमण जानेहरुमा २५ जना मध्ये अध्यक्ष भीम बहादुर रोकाया, सचिव धर्मराज पाध्याय, उमा रोकाया लगायत सहकारीका पदाधिकारी रहेका छन ।

सहकारीको श्रोत अनुसार कार्यलयका ब्यवस्थापक देखि लेखापाल र कार्यालय सहयोगी र प्राबिधिक समेत भ्रमाणमा गएको बताए । भ्रमण ईलाम सम्मको यात्रा रहेको भम्रणमा सहभागी एक सदस्यले फेशबुकमा सार्बजनिक गरेका छन । उपलब्धि बिहिन भर्मण रहेको बचतकर्ताहरुले बताएका छन । त्यो भ्रमण भन्दा कर्मचारीको क्षमता अभिबृद्री गरेको भए वा कुनै ठाउमा लगानि गरेको भए हुने थियो भ्रमणमा कुनै उपलब्धि नहुने केहि सेयर सदस्यहरूको दुखेसो रहेको छ । हाल उक्त सहकारीले सदरमुकाम मार्तडीमा रहेको साना जलविद्युत केन्द्रको जिम्मेवारी लिएको भए पनी उक्त बिधुत बर्षैनी बिग्रदा नेपाल आर्मी,नेपाल प्रहरी र सर्बसाधरणहरुले सर्बदान गरेर बनाउनु परिरहेको स्थानीय बासीले बताएका छन । त्रिबेणी बचत तथा ऋण सहकारी संस्थाले बिद्धुत राम्रो बनाउन नसकेको तर पैशाको सरासर दुरूपयोग भएको बचतकर्ताको भनाइ रहेको छ । भ्रमणमा जानु भन्दा साना जलविद्युत केन्द्र हाल जिर्ण अबस्थामा रहेको तर त्यसप्रति सहकारीले ध्यान दिएमा सबै भन्दा ठुलो उपलब्धी हुने थियो पत्रकार लक्ष्मीराज पाध्यायले बताए ।

जलविद्युत भने कहिले खोलाले बगायो कहिले मेशिन बिग्रेको भनी आलटाल गर्ने गरेको र सदरमुकाममा बत्ती नहुदा अध्यारो बस्न बाध्य रहदै आएको ब्यबसायीहरु बताउछन । कहरु । यता सस्थाका ब्यवस्थापक दयाराम पण्डीतले भने केही कर्मचारी र समितीका केही पदाधिकारीहरुलाई अन्य जिल्लाका नमुना सहकारी देखाउने र त्यस बाट आफनो सहकारीका कर्मचारी र समितीले ज्ञान सिकोस भने उद्देश्यका साथ सस्थाको भ्रमण रहेको बताए ।

उनका अनुसार सस्थाको अवलोकन भ्रमणका तयारी तीन वर्ष अगाडी नै रहेको बताए । विचमा विभित कारणले रोकिएकोले यो वर्ष मात्र अनुकुल मिलेकोले भ्रमाण गरेको बताए । तर सहकारीका केही सदस्यका अनुसार सहकारीको नियमानुसार ५१ प्रतिशत साधारण सभामा उपस्थित हुनुपर्नेमा ५१ प्रुितशत सदस्यको अनुमोदन नै नगरी भम्रण गर्ने निणर्य गरिएको बताएको छ । यो सहकारीको नियम बिपरित भएको भन्दै समाजिक संजाल मार्फत बिरोध भएको छ ।