काठमाडौं, २७ असोज । वाम गठबन्धन बनेको दुई साता वित्न नपाउँदै दरार उत्पन्न भएको छ । आन्तरिक विवादपछि नयाँ शक्ति पार्टी नेपालले वाम गठबन्धन परित्याग गरेको छ ।
नयाँ शक्ति पार्टी, नेपालको संघीय सचिवालयको शुक्रबार काठमाडौंमा बसेको बैठकले वाम गठबन्धन छाड्ने निर्णय गरेको हो ।
‘गठबन्धनमा आवद्ध एमाले र माओवादी केन्द्र साझा चुनाव चिन्ह प्रयोग गर्ने सहमतिको मर्म विपरीत गएको हुनाले आगामी मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नयाँ शक्ति पार्टी, नेपाल आफ्नै चुनाव चिन्ह आँखा लिएर सहभागी हुनेछ’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।
‘संविधानको आधारभूत अन्तरबस्तु (गणतन्त्र, संघीयता, धर्म्निरपेक्षता र समावेशीता) लाई अस्वीकार गर्ने राजनीतिक पार्टीहरू, व्यक्ति–व्यक्तित्वबाहेक सबैसँग संघ र प्रदेशस्तरमा चुनावी तालमेल गर्ने । तालमेल भएको क्षेत्रमा बाहेक संघ र प्रदेशका सबै निर्वाचन क्षेत्रहरुमा उम्मेद्वारी दिने’, नयाँ शक्ति पार्टीले भनेको छ ।
यसैबीच, डा. बाबुराम भट्टराई – गोरखा–२, कृष्णकुमार चौधरी – कैलाली–३, दानबहादुर चौधरी – कपिलबस्तु–१, प्रेम तामाङ – रसुवा, मदन राई – खोटाङमा प्रतिनिधिसभाको प्रत्यक्षमा उम्मेदवारी दिने निर्णय पनि नयाँ शक्तिले गरेको छ ।
उम्मेद्वारीको तय गर्न साथै विभिन्न पक्षहरुसँग वार्ता–छलफल र आवश्यक निर्णय गर्न कार्यालयलाई अधिकार दिने ।











प्रतिक्रिया