काठमाडौं, २७ असोज । नेपाली फिल्मका नायक पल शाहको नाममा नक्कली फेसबुक आईडी बनाएर ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले विराटनगर महानगरपालिका – ४ स्थाई ठेगाना भएका वर्ष ३१ वर्षीय अमोद भट्टराईलाई असोज २४ गते पक्राउ गरेको हो । भट्टराईलाई महेन्द्र चोक विराटनगरबाट पक्राउ गरिएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
फेसबुकको मेसेञ्जर तथा फोनमार्फत भट्टराईले रकम मागेर ठगी गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
‘सामाजिक संजाल फेसबुकमा आफूलाई नायक पल शाह बताई फेसबुकमा साथी हुन अनुरोध पठाई साथी भएपश्चात कहिले बाढीपीडित राहत कोष सञ्चालनका लागि त कहिले आफ्नो आमा बिरामी भएको बहाना बनाई सहयोग गर्नको लागि आग्रह गर्दै रकम माग गरी ठगी गरीरहेको भन्ने सूचना प्राप्त भए पश्चात आवश्यक अनुसन्धान गर्दै जाँदा भट्टराई बास्तबिक पल शाह नभई खुल्न आएको छ’, प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।











प्रतिक्रिया