
काठमाडौँ, २५ असोज । राप्रपाकी केन्द्रीय सदस्य एवं चर्चित नायिका रेखा थापा अब नेकपा एमालेमा प्रवेश गर्ने भएकी छिन् ।
एमाले प्रवेश गर्ने विषयमा उनले शीर्ष नेताहरुसँग छलफल गरिरहेकी छिन् । रेखाले माओवादीबाट राजनीतिक यात्रा सुरु गरेकी हुन् । त्यसपछि उनी कमल थापा नेतृत्वको राप्रपामा प्रवेश गरिन् । त्यस लगत्तै भएको महाधिवेशनमा उनले केन्द्रीय सदस्य नै जितिन् । अहिले उनी राप्रपा प्रजातान्त्रिकमामा छिन् ।
रेखालाई गायिका कोमल ओलीले राप्रपामा लगेकी थिइन् । तर, गायिका ओली एमाले प्रवेश गरेपछि थापाले पनि एमाले प्रवेश गर्ने विषयमा कुरा चलाएकी हुन् ।
रेखालाई माओवादीमै फर्काउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाशले समेत दौडधुप गरिरहेका छन् ।















प्रतिक्रिया