लिस्बन । नेपाली कांग्रेसको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति पोर्चुगलले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
दशैं, तिहार एवं छठ पर्वको अवसर पारेर समितिले राजधानी लिस्बन स्थित रोसियोमा सोमबार चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो ।
समितिका सभापति लक्ष्मीप्रसाद सापकोटाको सभापतित्व तथा गैर आवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष कुबेर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रवासी नेपाली मञ्चका का.बा. अध्यक्ष रोबोट लिम्बु, नारी समाज पोर्चुगलका महासचिव मीना खरेल, नेपाली एकता समाजका अर्जुन सुनुवार लगायतले प्रवासी नेपालीहरुकोे बीचमा आपसी सहयोग, सहकार्य र एकतामा जोड दिए ।
नेपालीहरुको बीचमा आपसी मेलमिलाप र भावनात्मक एकताको खाँचो औल्याउदै उनीहरुले प्रवासमा नेपालीहरुले भोग्नुपरेका समस्या समाधानका लागि प्रवासी नेपालीहरु एक हुनुपर्ने बताएका थिए ।
कार्यक्रम समितिका उपसभापति सुशील शर्मा गैह्रेको स्वागत तथा महामन्त्री बिनोद घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा पोर्चुगलमा क्रियाशील नेपाली संघ संस्थाका प्रतिनिधी, ब्यबसायी, समाजसेवी, सञ्चारकर्मी एवं नेपाली कांगे्रसमा आस्थवानहरुको उपस्थिती रहेको थियो ।
















प्रतिक्रिया