४ कार्तिक २०८३, बुधबार

नेशनल बैंक र लक्ष्मी बैंकबीच सम्झौता

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असोज । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि. र लक्ष्मी बैंक लि.बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

जस अनुसार एन.बी.आईले लक्ष्मी बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउनेछ ।

सम्झौता अनुसार लक्ष्मी बैंकले नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट रु.५० लाख बराबर रकमको आफ्नो कर्मचारीहरुका लागि वार्षिक तालिम संचालन गराउने भएको छ ।

उक्त सम्झौतापत्रमा लक्ष्मी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिंग तथा नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको छ ।