दुनै, २४ असोज । डोल्पाको काइके गाउँपालिकामा भेरी नदीमा खसेर एकजना प्रहरी जवानको मृत्यु भएको छ ।
ताराबगरमा रहेको प्रहरी चौकीबाट खटिएको प्रहरी टोली गस्ती गरेर फर्कने क्रममा सोमवार साँझ एक जना प्रहरी जवानको मृत्यु भएको हो ।
बैतडी जिल्ला घर भई काइके गाउँपालिकाको शहरताराबगर प्रहरी चौकीमा कार्यरत प्रहरी जवान २५ वर्षीय शेरसिंह साउदको नदीमा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक हरिप्रसाद शर्माले बताए ।












प्रतिक्रिया