काभ्रे, २४ असोज । राष्ट्रपती विद्यादेवी भण्डारीले महिलाको प्रचनन स्वास्थ्यमा सरकारले उचित ध्यान दिन नसकेको भन्दै चिन्ता व्यक्त गर्नु भएको छ ।
काभ्रेको धुलिखेल सामुदायिक अस्पतालमा आजबाट सुरु भएको महिला प्रजनन स्वास्थ्य सम्बन्धि अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्नु हुदै राष्ट्रपती भण्डारीले नेपालमा हट्न नसकेको कुरीती, अनावश्यक संस्कारले महिलाको प्रजनन स्वास्थ्यमा प्रतिकुल असर पर्दै आएको भएपनि सरकारले यस तर्फ ध्यान दिन नसक्नु दुखद् भएको जिकिर गर्नु भयो । सरकारले अन्धविस्वास र कुरीतीको अन्त्य गर्ने काम तत्काल अगाडी बढाउनु पर्नेमा जोड दिनु भयो ।
विद्यादेवी भण्डारी, राष्ट्रपती, महिलाको प्रजनन स्वास्थ्यले नवजात शिशुको भविष्य बोक्ने हुदा यस तर्फ अन्य निकायले पनि सरकार संग हातेमालो गर्नुपर्नेमा बताउनु भयो । ५० हजार महिला स्वयसेवीकाले नेपालीको स्वास्थ्यमा पुर्याएको सेवाको प्रसंशा समेत गर्नु भयो ।
आर्थिक समस्या, अशिक्षा उचित स्वास्थ्य संस्थाको अभावमा नेपाली महिलाले ज्यान गुमाउने अवस्था अन्त्य हुने गरि काम गर्न सरकार संग राष्ट्रपती भण्डारी आग्रह गर्नु भयो ।
विद्यादेवी भण्डारी, राष्ट्रपती, अन्तराष्ट्रिय सम्मेलनमा १० देशका झन्डै ३ सय जना प्रजनन विज्ञहरु सहभागि रहेका छन् । सम्मेलन ३ दिन सम्म चल्ने धुलिखेल सामुदायिक अस्पतालका प्रमुख डाक्टर राजेन्द्र कोजुले बताउनु भयो ।













प्रतिक्रिया