२१ कार्तिक २०८३, शनिबार

दुई केन्द्रीय नेता काँग्रेसबाट निष्काशित

4.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इनरुवा २४ असोज (रासस) । नेपाली काँग्रेस सुनसरीले दुई जनालाई पार्टीबाट निष्काशन गरेको छ ।

पार्टीका महासमिति सदस्य इन्द्र पोखरेल र महाधिवेशन प्रतिनिधि विश्वनाथ ठाकुरलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको पार्टीका जिल्ला सचिव केदार भण्डारीले जानकारी दिनुभयो ।

‘पोखरेल र ठाकुरले पार्टीको आचरण, मान, मर्यादा, प्रतिष्ठा र हित विपरीत काम गरेका कारण पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गरिएकोे’ जनाइएको छ ।