काठमाडौं, २४ असोज । पोखराबाट काठमाडौंको लाजिम्पाटमा मुख्यकार्यालय स्थानान्तरण गरेको गरिमाविकास बैंकले नयाँ सडकमा शाखाबिस्तार गरेको छ ।
सोमबार एक कार्यक्रमका बीच बैंकले काठमाडौं महानगरपालिका वडा नम्बर २२ स्थित नयाँ सडकमा आफ्नो ४८ औं शाखा सञ्चालनमाल्याएको हो ।
बैंकको बिस्तारित शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरेका हुन् ।
बैंकका अध्यक्ष चन्द्रकान्त बराल तथा प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालको उपस्थितीमा डेपुटी गभर्नर श्रेष्ठले बैंकको नयाँ शाखाउद्घाटन गरेका हुन् ।
बिस्तारित शाखाबाट लकर सुविधा तथा एटीएमका साथै सबै किसिमका बैंकिङ सुविधापाउने बैंकले जनाएको छ ।















प्रतिक्रिया