१५ कार्तिक २०८३, आइतबार

निर्वाचनको मिति सार्ने भित्री तयारी, वाम गठबन्धनले विशेष कदम चाल्ने

5.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असोज । नेकपा (एमाले) नेतृत्वको वाम गठबन्धनले प्रधानमन्त्री शेरबहादुर देउवा मंसिर १० र २१ गतेका लागि घोषित प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नगराउने षड्यन्त्रतर्फ लागेको आंशका गरेको छ ।

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको माओवादी केन्द्रसहितका शीर्ष नेता सम्मिलित पार्टी एकता संयोजक समितिको बैठकमा यस्तो आशंका ब्यक्त भएको हो । नागरिक दैनिकले समाचार छापेको छ ।

बैठकले निर्धारित मितिमै चुनाव गराउन प्रधानमन्त्री देउवालाई भेटेरै दबाद दिने निर्णय गरेको छ ।