४ कार्तिक २०८३, बुधबार

कतार एयरवेजद्वारा ‘टू सिट्स, वान ग्रेट अफर क्याम्पेन’को घोषणा

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असोज । कतार एयरवेजले आफ्ना यात्रुका लागि नयाँ विशेष योजना ‘टू सिट्स, वान ग्रेट अफर क्याम्पेन’ को घोषणा गरेको छ ।

सार्वजनिक नयाँ योजना अनुसार कतार एयरवेज मार्फत फस्र्ट वा विजनेश क्लास यात्रुले दूई सिट बुक गर्दा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । नयाँ योजनाले लिजर तथा विजनेश यात्रुलाई आफ्ना परिवार, मित्र लगायतसंग आफ्नो यात्रा योजना बनाउन सघाउने कम्पनीको विश्वास छ ।

कतार एयरवेजको बृहत्त गणतब्य सञ्जाल मध्य कुनैपनि स्थानका लागि यात्रा गर्दापनि यसको लाभ लिन सक्ने कम्पनीले जानकारी दिएको छ । योजना अन्तर्गत यात्रुले फस्र्ट वा विजनेश क्लास क्याविन्समा यात्राका लागि बुकिंग गर्दा ५० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

दूई सिट एकै पटक बुक गर्दा यात्रुका लागि छुट योजना सार्वजनिक गर्न पाउँदा हामी निकै हर्षित छौँ कतार एयरवेजका चिफ कमर्शियल अफिसर एहब अमिनले भने यो पृथक योजनाले परिवार, मित्रजन लगायतसंग छुट सहित हाम्रो बहुचर्चित पाँच तारे सेवाको उपभोग गर्दै निस, प्राग र डब्लिन जस्ता रोचक गणतब्यकमा यात्राको मज्जा लिन सक्नेछन् । अक्टोबर ९ देखि १६ भित्र बुकिंग गर्ने यात्रुले ३१ मे २०१८ सम्म यात्रा गर्दा यो योजनाको फाइदा लिन सक्नेछन् ।