काठमाडौं, २३ असोज । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न भएको आरोपमा काठमाडौं प्रहरीले तीन जनालाई पेस्तोलसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेका छिरिङ तामाङ, सञ्जय तामाङ र दीलिप तामाङ रहेका छन् । उनीहरु घटनालगत्तै जोरपाटीबाट पक्राउ परेका हुन् ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकले घटनामा संलग्न भएको आशंकामा तीनै जनालाई पक्राउ गरिएको बताए । उनीहरुबाट तीन राउण्ड गोली र पेस्तोल समेत बरामद गरिएको छ ।
















प्रतिक्रिया