२ कार्तिक २०८३, सोमबार

गौचन हत्याको विरोधमा सिभिल अस्पतालमै प्रदर्शन, गृहमन्त्री नै डराए ! (फोटो फिचर)

15.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असोज । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचन हत्याको विरोधमा अस्पतालमै प्रदर्शन भएको छ ।

गौचनको शव रहेको काठमाडौंको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा व्यवसायी तथा सर्वसाधारणहरुले प्रदर्शन गरेका हुन् । अस्पतालमा चर्काे स्वरमा नाराबाजी गर्दै उनीहरुले दोषीमाथि कडा कारबाहीको माग समेत गरेका छन् ।

अस्पताल परिसरमा व्यवसायी र सर्वसाधारणको घुइँचो लागेको छ । ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

गृहमन्त्री डराए

यसैबीच गौचन हत्याबारे बुझ्नको लागि अस्पताल जाने तयारीमा रहेका गृहमन्त्री जनार्दन शर्मा व्यवसायीको आक्रोशले रोकिएका छन् । आक्रोशमा रहेका व्यवसायी आफू जाँदा भड्किन सक्ने र स्थिती नराम्रो हुने भन्दै मन्त्री शर्मा अस्पताल जान नसकेको उनको सचिवालयले जनाएको छ ।