काठमाडौं, २३ असोज । एन आई सी एशिया क्यापिटल लिमिटेडको ३९औ सञ्चालक समितिको बैठकको निर्णय अनुसार एनआईसी एशिया क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा झनकराज ढुंगेललाई नियुक्त गरिएको छ ।
ढुंगेल विगत २३ वर्षदेखि नेपालको वित्तीय क्षेत्रमा कार्यरत रहदै आउनुभएको छ । यसअघि ढुंगेल अरनिको विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा आबद्ध रहनु भएको थियो । ढुंगेलले एन आई सी एशिया बैङ्कको मातहतमा प्रमुख कार्यकारी अधिकृत रहनुभएका रामचन्द्र खनालको स्थानमा कार्यभार समाल्नुहुने छ ।
सेवाग्राहीको सहजतालाई शिरोपर गर्दै उच्चतम प्रविधि तथा उत्कृष्ट जनसक्तिको सहायताबाट गुणस्तरीय ग्राहकमुखि सेवा प्रदान गर्दै आईरहेको छ ।
















प्रतिक्रिया