२१ कार्तिक २०८३, शनिबार

एमालेले गुल्मीमा कांग्रेसलाई कमजोर नठानोस : सापकोटा

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी, २३ असोज । नेपाली कांग्रेस जिल्ला कार्यसमिति गुल्मीले युवा नेता कृष्णप्रसाद सापकोटालाई प्रदेश सभाको टिकटका लागि केन्द्रमा सिफारिस गरेको छ ।

टिकटा लागि सिफारिसमा परेपछि सापकोटाले जिल्ला कार्यसमितिलाई धन्यावाद दिएका छन् । हुन त सापकोटाले मुसिकोट नगरपालिकाको उपमेयरमा दाबी गरेका थिए । तर, आफूभन्दा सिनियर नेता भएपछि दाबी छाडेर प्रदेशसभाको तयारी गरेका हुन् ।

‘गुल्मी कांग्रेसले मेरो राजनीतिक मूल्यांकन गरेर प्रदेशसभाका लागि गरेको सिफारिसबाट म धेरै उत्साहित छु’, उनले भने, ‘गुल्मीमा कांग्रेस एक ढिक्का भएको छ । हाम्रो जित सुनिश्चित छ ।’

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूह निकट मानिने सापकोटा गुल्मीमा प्रभाव पार्न सक्ने युवा नेताका रुपमा चिनिन्छन् ।

सापकोटाले नेविसंघबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । सापकोटाले तरुण दल हुँदै कांग्रेसको सक्रीय राजनीति थालेको बताए ।

गुल्मी कांग्रेसको मुख्य प्रतिस्पर्धा एमालेसँग हुने सापकोटाको भनाइ छ ।

‘कांग्रेस र एमालेबीच सुरुदेखिनै टक्कर छ’, उनले भने, ‘एमालेलाई कांग्रेसले कमजोर रुपमा लिएको छैन । तर, एमालेले पनि कांग्रेसलाई साधारण रुपमा नलिए हुन्छ । हामीले संगठनमा धेरै सुधार गरेका छौँ ।’