१५ कार्तिक २०८३, आइतबार

भारतीय खुफियासमेत चकित, नयाँ दिल्ली स्तब्ध, नयाँ रणनीति बन्दै

7.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असोज । नेपालको राजनीति कहिलेकाहीँ अनायसै तरंगित हुन्छ । राजनीतिक दलहरू सनातिना निर्णय लिंदा पनि नागरिकहरू क्रियाप्रतिक्रियामा उत्रिन्छन् ।

तर, २०७४ असोज १७ गते भने प्रचण्डको भाषामा ‘निरन्तरता क्रमभंग’ भयो र नेपालको राजनीतिले नयाँ मोड लिने संकेत मात्रै गरेन, प्रक्रियाको थालनी नै ग¥यो । साँघु साप्ताहिकले समाचार छापेको छ ।

जसले नेपालको भूराजनीतिक परिस्थितिलाई नयाँ कोणबाट विश्लेषण गर्ने बाटोमा लग्यो । अर्थात् नेपालका ठूला दुईवटा वामपन्थी दल एमाले र माओवादी केन्द्रले २०७४ मंसिर १० र २१ मा हुने प्रतिनिधि सभा र प्रदेशको निर्वाचनमा तालमेल र पार्टी एकता गर्नेसम्मका लागि सहमतिपत्रमा २०७४ असोज १७ गते साँझ राष्ट्रियसभा गृहमा भब्य समारोहकाबीच हस्ताक्षर गरेपछि राजनीतिक परिदृश्यमा फेरबदल आएको छ ।

नेपालको राजनीतिमा हाबी हुँदै आएको भारत र पश्चिमा नै चकित हुने गरी एक्कासि बनेको वाम गठबन्धनले नागरिकमा राजनीतिक स्थायित्व आउने अपेक्षा बढाएको छ भने दलीय गठन्धनको राजनीतिक संस्कारको विकास भइ समृद्धिको आशाको दियो जलाएको छ ।

तर, वाम गठबन्धनले भारत साँच्चिकै स्तब्ध भएको छ र नेपाल नीतिबारे गम्भीरतापूर्वक नयाँ दिल्लीमा छलफल समेत सुरु भएको स्रोतको दाबी छ ।

यसको प्रत्यक्ष संकेत भने नेपालविज्ञ भनेर चिनिएका डा.निहार नायकले दिएका छन् । उनले नेपालका सञ्चारकर्मीसँग कुरा गर्ने क्रममा भारत आश्चर्यचकित भएको र चीन हावी हुन थालेको खरो र दह्रो टिप्पणी गरेको चर्चा कूटनीतिक वृत्तमा चलेको छ ।

एमालेलाई सत्ताबाट सफाई गर्न भारतीय रुची र प्रयास अनुसार बनेको कांग्रेस र माओवादी केन्द्र गठबन्धनको सरकारलाई निरन्तरता दिई त्यसै अनुसारको चुनावी गठबन्धन होस् भन्ने चाहना नयाँ दिल्लीले राख्दै आएको थियो । र, भारतले त्यसै अनुसार भूमिका निर्वाह पनि गरिरहेको थियो ।

तर, २०७४ असोज २ गते सम्पन्न दुई नम्बर प्रदेशको स्थानीय तहको निर्वाचनको मत परिणाम सार्वजनिक भइनसक्दै दुई वामपन्थी दल पार्टी एकतासम्मको निर्णय पुग्दा भारतको खुफिया एजेन्सी तथा राजनीतिक तहमा छिसिक्क जानकारीसम्म पुगेन र नयाँ दिल्ली एकाएक चकित परेको छ । भारतका नेपालस्थित मेशिनरीहरूको बारेमा पनि नयाँ दिल्ली गम्भीर बनेको खबर छ ।

माओवादी अध्यक्ष प्रचण्डले वास्तवमा यो मामिलामा भारतलाई चक्मा दिएर कोल्टे मात्रै फेरेर नेपालको राजनीतिक समीकरणलाई नै उथलपुथल पारिदिए खासमा प्रचण्डले भारतलाई दिएको यो महत्वपूर्ण दोस्रो चक्मा थियो ।