१५ कार्तिक २०८३, आइतबार

प्राधिकरणको काम छाडेर पोखरेल चुनावी प्रचारमा

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असोज । भूकम्प गएको २९ महिनासम्म ९३ प्रतिशत पीडित टहरामै रहेको बेला पुनर्र्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सीईओ गोविन्द पोखरले राजनीतिमा होमिएका छन् ।

निकै ठूलो कसरत गरेर दोस्रोपटक प्राधिकरणको सईओ भएका पोखरेलले मुख्य काम नसकिँदै प्यूठानबाट कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यमा सिफरिस भएका छन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

उनको रानीतिक गतिविधिले सुस्त गतिमा भईरहेको पुनर्निर्माण कार्यलाई थप प्रभावित पारेको छ ।