४ कार्तिक २०८३, बुधबार

केएल मोबाइलको सुनको सिक्का भक्तपुरका तामार्थुलाई

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चाबहिलस्थित केएल टावरमा रहेको केएल मोबाइल हबमा मोबाइल खरिद गर्ने सुन्दर तामार्थुले सुनको सिक्का प्राप्त गरेका छन् । दशैं तिहारको अबसर पारी केएल मोबाइल हबले सुरु गरेको मोबाइलको मेगा मेलामा मोबाइल खरिद गर्दा यो उपहार प्राप्त गरेका हुन् ।

नेपालमै सबैभन्दा धेरै ब्राण्डका मोबाइल पाइने दावी गर्दै आएको केएल मोबाइल हबमा जारी मोबाइलको मेगा मेलामा मोबाइल खरिदकर्ताले हात खाली नजाने उपहार पाउने छन् भने बम्पर उपहार स्वरुप एकवटा आरवान फाइभ बाइक, एकवटा आइफोन ८ र मलेसिया सिंगापुर भ्रमणको प्याकेज पाउने छन् । हरेक मोबाइलको खरिदमा ७  देखि ६० प्रतिशत सम्म छुट पाइने बताउँदै केएल मोबाइल हबकी मेनेजर उर्मिला लामाले अझै थुप्रै सुनचाँदीका सिक्का, स्मार्टफोन लगायत अन्य उपहार बाँकी रहेको बताइन् ।

बिश्व बजारमा पाइने २३ भन्दा बढी मोबाइलको कारोबार गरिरहेको केएल मोबाइल हबमा १५ भन्दा बढी मोबाइल कम्पनीको टच एण्ड फिल जोन राखिएको छ । जस्तो सुकै बिग्रिएर थन्कीएको मोबाइल पनि एक्सचेन्ज गरिने एक्सचेन्जको मेगा अफर भएकाले पनि उपभोक्ताको भीड लागेको सेल्स मेनेजर अजय लामाले बताए ।

मेगा अफर सहितको मोबाइलको मेगा मेला तिहार सम्म जारी रहने छ ।