१ कार्तिक २०८३, आइतबार

उज्ज्वल ठकुरी ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’बाट सम्मानित

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय थापा

अमेरिका । अमेरिकन मरिन गोजु करातेका ५ डान खेलाडी उज्ज्वल ठकुरीले हालै मात्र अमेरिकामा हु इज हु ब्लाक बेल्ट लिजेण्ड अवार्डबाट सम्मानित भएको केही दिन नबित्दै फेरि विश्व रेकर्ड कायम गर्न सफल भएका छन् ।

हु इज हु ब्लाक बेल्ट लिजेण्ड अवार्ड अमेरिकाको एउटा प्रसिद्ध पुरस्कार मात्र नभई अमेरिका भरि सर्वश्रेष्ठ खेलाडी चिनाउने लिजेण्ड पुरस्कार थियो ।

यो पुरस्कार अमेरिकन मार्शलआर्ट एशोसियसन द्वारा ९३ जना ख्याती प्राप्त खेलाडीहरुलाई प्रदान गरेको थियो । यो प्राप्त लगतै उज्ज्वल ठकुरीले गिनिज बुक अफ वोर्ल्ड रेकर्ड राख्दै देशको नाम उच्च स्थानमा पुगाएका छन् ।

उनले गिनिज बुकमा रहेको भ्यानडम शैली द्वारा अधिक वजन पुरुषहरुले उठाउने विधामा ५० केजीको रेकर्डलाई तोडेर ६३.५८ केजी उठाई नयाँ विश्व रेकर्ड कायम गरि आफ्नो नाम सदाको लागि गिनिज बुक अफ वोर्ल्ड रेकर्डमा लेखाउन सफल भएका छन् ।