१ कार्तिक २०८३, आइतबार

कन्सर्टका लागि नेपाली कलाकार अमेरिकामा

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय थापा

अमेरिका । “वुमन इन कन्सर्ट युएस यात्रा २०१७ “का कलाकारहरु अमेरिका अक्टोबर ६ तारिख अमेरिका आई पुगेका छन् ।

उनीहरु न्युयोर्कको जेएफके विमानस्थल झरेका हुन् । विमानस्थलमा कलाकारहरुले हामी आई पुगेका छौ भन्दै अमेरिकामा रहेका सबै नेपाली समुदायलाई कार्यक्रमको निम्तो दिएका छन् ।

कलाकारहरु न्युयोर्कबाट पेनसेलभेनिया हुँदै सिनसिनाटी जाने कार्यकम रहेको छ । आज साँझ भुटनीज समुदाय सिनसिनाटीले आयोजना गर्ने छन् । वुमेन इन कन्सर्ट २०१७ को यो पहिलो कार्यक्रम हुनेछ ।

सिनसिनाटी कार्यक्रमपछि सिनसिनाटी समेत गरेर अमेरिकाका ९ वटा शहर सेन्ट लुइस, एट्लान्टा, बोस्टन, न्युयोर्क, वाशिंगटन डिसी, बाल्टिमोर, ड्यालस, ओकलाहामा अभया एण्ड द स्टीम ईन्जनस् संगीत मण्डली, कलाकार आस्था राउत र मलिना जोशीसहितको सांगीतिक टोलिले अक्टोबर २९ सम्म अमेरिकामा प्रस्तुति गर्ने छन् ।