१ कार्तिक २०८३, आइतबार

बझाङमा खाद्यान्नभन्दा धेरै मदिरा आयात

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– टेकेन्द्र बोहरा

बझाङ, २२ असोज । सुदूरपश्चिमको विकट हिमाली जिल्ला बझाङमा खाद्यान्नभन्दा मदिरा आयातमा बृद्वि भएको छ ।

मदिरा अत्यधिक बिक्री हुन थालेपछि जिल्लाका व्यापारीहरुले मदिरा धेरै र खाद्यान्न कम आयात गर्ने गरेका छन् ।

जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिहरुले मदिरा निषेध गर्ने निर्णय गरेको भएपनि जिल्लामा मदिरा आयातमा भने कमी आएको छैन ।

जिल्लामा घ्टने हरेक घटनाको प्रमुख कारण मदिरा भएका कारण यसलाई नियन्त्रण गर्न सबैले पहल गर्नुुपर्ने नागरिक अगुवा धर्मजंगबहादुर सिंहले बताए ।