२ कार्तिक २०८३, सोमबार

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असोज । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक बस्दैछ ।

सिंहदरबारमा अहिले केही समयपछि बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहालले विकसित राजनीतिक अवस्थाका विषयमा जानकारी गराउने छन् ।

कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग वामपन्थी गठबन्धन बनाएको माओवादी केन्द्रको आलोचना भइरहेका बेला संसदीय दलको बैठक बस्न लागेको हो ।

एमाले–माओवादी केन्द्रबीच प्रदेश र संसदको निर्वाचनमा गठबन्धन गरेर जाने सहमति भएको छ । निर्वाचनपछि दुई पार्टीबीच एकीकरण गर्ने तयारी पनि भएको छ ।