१५ कार्तिक २०८३, आइतबार

नेपाल प्रहरीभित्र फेरि सुरु भयो नयाँ खेल–जालझेल, गृहमन्त्री शर्मा पनि संलग्न

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असोज । प्रहरी संगठनभित्र यतिबेला ३० वर्षे सेवा अवधि हटाउने रन्कोले खैलाबैला मच्चिएको छ ।

गृहमन्त्री जनार्दन शर्मासमेत ३० वर्षे हटाउने विषयमा सकारात्मक देखिएका छन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

३० वर्षे सेवा अवधि हटाएमा हाल रहेका प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी)हरूको जागीरे अवधि साढे दुई वर्ष लम्बिनेछ ।

प्रहरीमा सानो समूह ३० वर्षे सेवा हटाउँदा खुसी देखिए पनि ठूलो समूह भने रोक्नलाई शक्तिकेन्द्र धाउँदै आएको छ ।