चितवन, २० असोज । आगामी मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चुनावी प्रतिस्पर्धा गर्न राप्रपा (प्रजातान्त्रिक)का तर्फबाट विक्रम पाण्डे मैदानमा आएका छन् ।
पाण्डेले प्रचण्डले उम्मेदवारी घोषणा गरिसकेको चितवन क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने घोषणा गरेका हुन् । वर्तमान सरकारका वन तथा भु–संरक्षण मन्त्री पाण्डे साविक क्षेत्र नम्बर ५ का साँसद समेत हुन् । हाल सो क्षेत्र प्रतिनिधि सभाको निर्वाचनमा क्षेत्र नम्बर ३ बनेको छ ।
आफ्नो उम्मेदवारीबारे सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले आफू यसअघि सो क्षेत्रबाट नै निर्वाचित भएको र जनताको काम, सुःख दुःखमा साथ दिएकाले जनताले नै सो क्षेत्रबाट आफूलाई निर्वाचित गर्ने दाबी गरे ।
















प्रतिक्रिया