१ कार्तिक २०८३, आइतबार

एनआरएन आइसीसी युरोप संयोजकमा बेल्जियमका पर्यटनदूत बरुवालको उम्मेदवारी

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गैर आवसीय नेपाली संघ (एनआरएन) को आठौं विश्व सम्मेलन नजिकदै गर्दा एनआरएनए अभियन्ताहरु विभिन्न पदमा आ–आफ्नो उमेदवारी घोषणा गरिरहेका छन ।

लामो समय देखि एनआरएनए अभियानमा संलग्न हुदैं आएका नेपाल सरकारका बेल्जियम स्थित पर्यटन दुत शिव कुमार बरुवालले पनि युरोप क्षेत्रीय संयोजकको पदमा आफ्नो उमेदवारी घोषण गरेका छन् ।

आफ्नो अध्यन को क्रममा सन २००० मा युरोप मा प्रबेश गरी बेल्जियम लाई आफ्नो कर्म थलो बनाएर बसेका बरुवाल ले २००१ बाट नै बेल्जियम मा बिभिन्न सामाजिक संस्था को स्थापना गर्दै सामाजिक कार्यमा जुटेका थिए । एनआरएनए बेल्जियमको स्थापनाकाल देखि नै एनआरएनए सस्था प्रति दत्तचित भई लागेका बरुवाल २००७ मा एनआरएनए बेल्जियमको सचिवालय सदस्य हुदैं यो अभियानमा आएका थिए ।

एनआरएनए बेल्जियमको स्थापनाकाल देखि नै एनआरएनए सस्था प्रति दत्तचित भई लागेका बरुवाल २००७ मा एनआरएनए बेल्जियमको सचिवालय सदस्य हुदैं यो अभियानमा आएका थिए । २००९–२०११ मा बेल्जियम एनआरएनएको महासचिव, २०११–२०१३ मा एनआरएनए अन्र्तराष्ट्रिय समन्वय समिति (आईसीसी) सदस्य भई एनआरएनए अभियानमा निरन्तर लागिरहेका छन् । एन आर एन ए ले सुरु गरेका कुनै पनि परोपकारी परीयोजना होस वा राष्ट्रलाई आइ परेको प्राकृतिक बिपत्तीमा उनले बेल्जियम बाट अग्र पंतिमा रहेर आर्थिक सहयोग गर्ने र सहयोग संकलन गर्ने कार्यमा सकृय भूमिका निभाएका छन ।

बेल्जियममा क्रियाशिल आधादर्जन भन्दा बढी संघ–संस्थाहरुमा को नेत्रित्वो गरी सकेका बरुवाल हाल नेपाल सरकार को बेल्जियमको लागि पर्यटन दुतको रुपमा कार्यरत रही पर्यटन प्रबर्धन का बिभिन्न कार्यक्रम हरु गरी रहेका छन । बिगत एक बर्षमा बेल्जियममा बिभिन्न पर्यटन प्रबर्धन सम्बन्धी कार्य हरु जस्तो बेल्जियम मा आयोजना भएका बिभिन्न पर्यटन मेला हरु मा नेपाल को संलग्नता गराउने, बेल्जियमका नेपाली संघ संस्था र समुदायलाई बिचमा नेपाल को पर्यटन पर्बर्धन को लागि छलफल चलाऊने , बेल्जियममा रहेका नेपाली ब्यवसाय, गाडी हरुमा नेपाल को पर्यटन पर्बर्धन गर्ने खाल का पोस्टर टास्ने , बेल्जियमको राष्ट्रिय समाचार तथा टिभीमा नेपालको बारेमा रिपोर्ट प्रकाशित गर्न बेल्जियमका पत्रकारहरु लाई नेपाल पठाउने कार्य हरु गरेर उनले आफ्नो जिम्मे वारी लाई सफकता पूर्वक सम्पन्न गरेका छन।

नेपालको लागि गरिने यि सम्पूर्ण जिम्मेवारी लाई अझ संगठित र ब्यबस्थित रुपले सम्पन्न गर्दै एन आर एन ए लाई अझ सबै गैर आवासिय नेपालीको पहुच पुग्न सक्ने र अपनत्वो महसुस गर्न सक्ने संस्था बनाउदै यस संस्था मार्फत मार्फत सम्रिद्व नेपाल निर्माण को महाअभियान मा साथ दिन उनले आफुले यस युरोप संयोजक को जिम्मेवारीमा उमेदवारी दिएको बताउछन ।