२१ कार्तिक २०८३, शनिबार

इलामबाट काँग्रेसले उम्मेदवारको नाम सिफारिस ग-यो

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, २० असोज (रासस) । आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस इलामले आकांक्षीको नाम छनौट गरी केन्द्रीय समितिमा पठाएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ बेनुपराज प्रसार्इं, भूपेन्द्र कट्टेल, भेषराज आचार्य, केशव थापा, मोहन श्रेष्ठ, विक्रम पाण्डे र हिमालय कर्मचार्यको नाम सिफारिस गरेको छ ।

त्यस्तै क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ केशव थापा, भेषराज आचार्य, बेनुपराज प्रसाईं र निर्मला प्रसाईंको नाम केन्द्रीय कार्य समितिमा सिफारिस गरेर पठाइसकेको काँग्रेसका जिल्ला सचिव खगेन्द्र देवानले जानकारी दिनुभयो ।

“प्रतिनिधि र प्रदेशसभाका लागि जिल्लाबाट कसैको नाम सर्वसम्मतरुपमा सिफारिस भएन”, देवानले भन्नुभयो, “सर्वसम्मत नाम सिफारिसका लागि धेरै प्रयास गरे पनि सफल हुन सकिएन, त्यसैले आकांक्षी उम्मेदारको नाम जिल्लाबाट केन्द्रीय समितिमा जस्ताको त्यस्तै पठाएका छौँ ।”

यसैगरी प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ २० जना आकांक्षीको नाम केन्द्रीय समितिमा पठाइएको छ । जसअनुसार, क्षेत्र नं १ को ‘क’ मा हुकुमलाल थेबे, मिलन क्षेत्री, अनिता श्रेष्ठ, धनबहादुर खाम्दाक र विक्रम पाण्डे तथा क्षेत्र नं १ को ‘ख’ मा दुर्गाकुमार बराल, लक्ष्मीकान्त घिमिरे, हेमकुमार (विष्णु) कार्की, कमला कट्टेल, प्रमोद राई र लालबहादुर बस्नेतको नाम केन्द्रीय समितिमा पठाएको सो पार्टीले जनाएको छ ।

त्यस्तै क्षेत्र नं २ को ‘क’ मा डम्बर खड्का, केदार थापा, गोविन्द गिरी, राजेन्द्र शर्मा र पूर्ण गौतम तथा क्षेत्र नं २ को ‘ख’ मा खगेन्द्र देवान, नगेन्द्र कुमाल, यामकुमार बुढाथोकी र चूडामणि पौडेलको नाम केन्द्रीय समितिमा पठाइएको पार्टीका जिल्ला सचिव देवानले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ ५२ जनाको नाम सिफारिस गरेको छ । तीमध्ये प्रतिनिधिसभा सदस्यका लागि १३ र प्रदेशसभा सदस्यका लागि ३९ जना आकांक्षीको नाम केन्द्रीय समितिमा पठाइएको सो पार्टीले जनाएको छ ।