११ मंसिर २०८३, शुक्रबार

भारतविरुद्ध चीनको कठोर कदम, नेपाल समेत मुछियो !

19k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असोज । दोक्लाम प्रकरणलाई लिएर चीनले भारतविरुद्ध नयाँ कदम चालेको छ । चिनियाँ विदेश मन्त्रालयले नेपाल घुम्न जाने आफ्ना नागरिकलाई भारतीय क्षेत्रमा प्रवेश नगर्न उर्दी जारी गरेको हो ।

पछिल्लो समय चीनबाट नेपाल भ्रमणमा आउने पर्यटक संख्या बढेका छन् । र उनीहरु भारतका विभिन्न पर्यटकीय स्थलसम्म पुग्ने गरेका छन् । तर, केही समययता दोक्लाममा भारत र चीनबीच विवाद भएपछि चिनियाँहरु भारत घुम्न जान छाडेका छन् । यस्तो बेला चिनियाँ विदेश मन्त्रालयले नै ‘ट्राभल एड्भाजरी’ जारी गर्दै आफ्ना नागरिकलाई नेपाल र भारतको सीमा क्षेत्रको यात्रामा सचेत हुन आह्वान गरेको हो ।

सीमा क्षेत्रमा खटिने भारतीय सुरक्षाकर्मी, सुरक्षा निकायको भौतिक पूर्वाधार र सवारीको फोटो नखिच्न पनि चीन सरकारले भनेको छ । ‘सीमा क्षेत्रका बजार भ्रमण नगर्नु र भुक्किएर एक देशबाट अर्को देशमा प्रवेश नगर्नू,’ निर्देशनमा भनिएको छ ।

नेपाल घुम्न जाने आफ्ना नागरिकलाई रातको समयमा बाहिर नजान, प्रकृतिक विपत्ति, चोरी, यात्रामा विवाद लगायतका समस्या भएमा नेपाल प्रहरी र काठमाडौंस्थित चिनियाँ दूताबाससँग सम्पर्क गर्न पनि निर्देश गरिएको छ ।