२१ कार्तिक २०८३, शनिबार

डेनमार्कका लागि नेपाली राजदूत लम्सालद्धारा ओहोदाको प्रमाणपत्र पेश

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० असोज (रासस) । डेनमार्कका लागि नवनियुक्त नेपाली राजदूत युवनाथ लम्सालले त्यहाँका महारानी मार्गारेट द्वितीयासमक्ष फ्रेडेन्सबर्गस्थित राजदरबारमा आयोजित समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र चढाउनुभएको छ ।

सो अवसरमा राजदूत लम्सालले नेपालका राष्ट्रपति र प्रधानमन्त्रीका तर्फबाट महारानीको सुस्वास्थ्य र सुखको कामना तथा डेनिस जनताको प्रगति र समृद्धिको कामना गर्नुभएको सन्देश सुनाउनुभएको थियो ।

महारानी मार्गारेटले राजदूत लम्साललाई स्वागत गर्दै नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको सुस्वास्थ्यको कामनाका साथ नेपाली जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गर्नुभएको कोपेनहेगनस्थित नेपाली दूतावासले जनाएको छ ।