काठमाडौं, २० असोज । नेपाली कांग्रेसमा समानुपातिक र स्थानीय तहमा उम्मेदवार बनेकाहरूलाई प्रदेश र केन्द्रीय संसदको उम्मेदवार नबनाउन दबाव परेको छ ।
कांग्रेसको आजदेखि सुरु हुन लागेको केन्द्रीय कार्यसमिति बैठकमा यस्तो प्रस्ताव पेश हुन लागेको स्रोतले जनाएको छ । यद्यपि सो प्रस्तावलाई पारित हुन नदिन ठूलो चलखेल सुरु भएको बताइएको छ ।
यदि समानुपातिकमा परेकाहरूलाई उम्मेदवार बन्न नदिने निर्णय भयो भने प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवालाई सबैभन्दा ठूलो घाटा हुनेछ ।
त्यसपछि केबी गुरुङ, उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, प्रदीप गिरी, मानबहादुर विश्वकर्मा, मन्त्री मीनबहादुर विश्वकर्मा, प्रकाशशरण महत, मीनेन्द्र रिजाल, धनराज गुरुङ, डिना उपाध्याय, ईश्वरी न्यौपानेलगायतलाई ठूलो झट्का लाग्नेछ ।
कांग्रेसको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, वामपन्थी गठबन्धनलगायतका विषयमा पनि छलफल हुनेछ ।











प्रतिक्रिया