१ कार्तिक २०८३, आइतबार

एनआरएनको सह–कोषाध्यक्षमा सापकोटाको उम्मेदवारी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन । गैर आवासीय नेपाली संघ एनआरएनको आसन्न निर्वाचनमा एनआरएनका अगुवा सोम सापकोटाले सह–कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

एनआरएनको स्थापनाकालदेखि संस्थामा आवद्ध रहँदै आएका सापकोटाले नयाँ कार्यसमितिका लागि उम्मेदवारी घोषणा गरेका हुन् । उनले आफूलाई मतदान गर्न मतदाताहरूलाई अपील पनि गरेका छन् ।

एनआरएन डेनमार्कका संस्थापक अध्यक्ष समेत रहेका सापकोटाले दुई कार्यकालसम्म एनआरएन आईसिसी सदस्यको भूमिका निर्वाचन गरेका थिए । उनले युरोप क्षेत्रको उपसंयोजकको जिम्मेवारी पनि सम्हालिसकेका छन् ।

सामाजिक क्षेत्रमा व्यक्तिगत तहबाट क्रियाशील सापकोटाले नेपाल लाइब्रेरी फाउण्डेसन र ओपन लर्निङ एक्सचेञ्ज प्रोग्राम लगायतका अभियानहरूमार्फत नेपालका विभिन्न क्षेत्रका विद्यालयहरूलाई ई–शिक्षामा सहयोग गर्दै आएका छन् ।