२१ कार्तिक २०८३, शनिबार

एमाले कपिलवस्तुले उम्मेदवारको नाम सिफारिस गर्‍यो

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सीताराम चौधरी

चन्द्रौटा, २० असोज । नेकपा (एमाले) कपिलवस्तुले प्रदेश र संघको निर्वाचनमा उम्मेद्वारहरुको नाम सिफारिस गरेको छ ।

प्रतिनिधिसभातर्फ ३ वटा निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ६ निर्वाचन क्षेत्रमा जिल्ला कमिटी कपिलवस्तुले उम्मेदवारको नाम सिफारिस गरेको हो ।

प्रतिनिधि सभातर्फ निर्वाचन क्षेत्र नम्बर १ मा चार जनाको नाम सिफारिस गरिएको छ । जसमा सांसद बलराम अधिकारी, विष्णु पन्थी, हिरालाल पौडेल र शारदा पोख्रेल रहेका छन् ।

प्रतिनिधि सभा २ नम्बर निर्वाचन क्षेत्रमा बृजेश कुमार गुप्ताको एकल नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको छ ।

यस्तै प्रतिनिधि सभातर्फ निर्वाचन क्षेत्र नं. ३ मा अहमद अब्दुल रउफ, निशा विश्वकर्मा, महादेव पोख्रेल, सुशिला खनाल र क्षेत्रबहादुर खत्री गरी ५ जनाको नाम सिफारिस गरिएको एमाले प्रचार विभाग प्रमुख एलपी बेल्बासेले जानकारी दिनुभयो ।

कपिलवस्तुको प्रदेश सभातर्फ निर्वाचन क्षेत्र नम्बर १ ‘क’ मा कृष्ण पौडेल, जन्जिर प्रसाद थारु, डम्मर शर्मा, सांसद विश्रामप्रसाद थारु र महिला नेतृ शारदा पोख्रेलको नाम सिफारिस गरिएको छ ।

त्यस्तै निर्वाचन क्षेत्र नं. १ ‘ख’ मा पनि ५ जनाको नाम सिफारिस भएको छ । जसमा अजिजूर रहमान शेष, अर्सराद अहमद खाँ, जगन्नाथ कुर्मी चौधरी, फैजल खाँ र रामनयन यादव रहेका छन् ।

प्रदेशसभाको सभासदतर्फ निर्वाचन क्षेत्र नं. २ ‘क’ मा दीर्घनारायण पाण्डेको एकल नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको बताइएको छ भने निर्वाचन क्षेत्र नं. २ ‘ख’ मा प्रदेशसभा सदस्यको नाम पछि सार्वजनिक गर्ने बताइएको छ ।

प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नम्बर ३ ‘क’ मा अर्जुन केसी, लंका बहादुर हमाल र हुमा पौडेलको नाम सिफारिस भएको छ ।

निर्वाचन क्षेत्र नं. ३ ‘ख’ मा मिर्जा अरशद बेगको एकल नाम सिफारिस गरिएको प्रचार विभाग प्रमुख बेल्बासेले जनाउनुभयो ।

नेकपा एमाले कपिलवस्तुको प्रदेश निर्वाचन समन्वय समितिबाट सम्भावित उम्मेदवारको नाम सुझावको रुपमा संकलन गर्दै जिल्ला कमिटीले अन्तिम सिफारिस प्रदेश कमिटीलाई गर्ने बताइएको छ ।