११ मंसिर २०८३, शुक्रबार

एमाले युवा नेता बस्नेत भक्तपुरबाट सर्वसम्मत सिफारिस

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, १९ असोज । नेकपा एमालेका युवा नेता महेश बस्नेत भक्तपुर क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् ।

बिहीबारको बैठकबाट बस्नेत सर्वसम्मत रुपमा सिफारिस भएका हुन् । क्षेत्रीय कमिटीमा रहेका ३३ जनामध्ये ३१ जनाले बस्नेतलाई समर्थन गरेका थिए ।

संकटको बेला नेकपा एमालेको जनसंगठन युवा संघ नेपालको नेतृत्व गरेका बस्नेतले युवा आन्दोलनलाई सशक्त बनाउन र एमालेमा युवाहरुको आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेलेका थिए । बस्नेत पूर्वमन्त्री समेत हुन् ।