२१ कार्तिक २०८३, शनिबार

हत्या घटनाको जाहेरी दर्ता गर्न नमान्दा झापामा तनाव, प्रहरी कार्यालय घेराउ

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

विर्तामोड, १९ असोज । हत्याको किटानी जाहेरी नलिएको भन्दै विर्तामोड प्रहरी कार्यालय घेराउ गरिएको छ । अर्जुनधारा नगरपालिका ११ तिनपैनीका १४ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारा विरुद्ध दिइएको किटानी जाहेरी दर्ता नगरिएको भन्दै सयौं स्थानीयले नाराबाजी गर्दै अनारमनी प्रहरी कार्र्यालय घेराउ गरेका हुन् ।

गत असोज १४ गते विहान घरबाट साथीकहाँ गएका लक्ष्मण सिवाकोटीलाई भोलिपल्ट विहान चारपाने ठाकुर मन्दिर परीसरको खाल्सीमा मृत अवस्थामा भेटिएपछि परिवारले नातेदार विर्तामोड ५ का सुरेश पोखरेलसहितको स परिवारलाई बिपक्षी बनाई किटानी जाहेरी दिएको हो । जाहेरी लिन नमानेको विरोधमा केहीबेर इलाका प्रहरी कार्यलय तनावग्रस्त समेत बनेको थियो ।

अन्ततः प्रहरी निरीक्षक ज्ञान बहादुर विष्टले जाहेरी दर्ता गरेको बताउनु भएको छ । जाहेरी दर्ता गरेर प्रहरीले घटनाको अनुुसन्धान थालेको छ । पोष्टमार्टम रिर्पाट आउन बाँकी रहेकोले अनुसन्धान जारी रहेको र शकास्पद अवस्थामा अनुसन्धान गरिरहेको विष्टले बताउनु भएको हो ।

मृतक सिवाकोटीको टाउको, पाखुरा, हातखुुट्टा र अन्डकोशमा चोट देखिएकोले पोखरेल परिवारले हत्या गरि खोल्सामा लगी फालिदिएको मृतकका काका विष्णु सिवाकोटीले बताउनु भएको छ ।