काठमाडौं, १९ असोज । नेपालिहरुको महान पर्वहरु आईरहदा देशका विभिन्न क्षेत्रमा हर्षउल्लासका साथ मनाईरहेका छन पक्कै पनि प्रत्येक नेपालिले आफ्नो पर्वहरुमा मीठो खाउ राम्रो लुगा लगाउ सबैले सोच्ने गर्दछन तर पछिल्लो समय कर्णाली अञ्चलका विभिन्न जिल्लाहरुमा खाद्यान्न अभाव चुलिएपछि त्यस क्षेत्रका विभिन्न जिल्लाका वासिन्दाहरु भोक भोकै वस्नु पर्ने अवस्था सिर्जना भैइरहेको छ यसलाई देखेर कैलाली जिल्लाका केही युवाहरु सहयोग जुटाउने अभियानमा लागेका छन् ।
राज्यले त्यस क्षेत्रमा खाद्यान्नको उचित व्यवस्था गर्न नसक्दा यो वर्ष अभाव चुलिएको हो । राज्यले वेवास्ता गरेकोप्रति असन्तुष्ट भएर मात्र समस्या समाधान नहुने भन्दै कैलालीका युवा केपी खनालले हुम्लाबासीको भोक मेटाउने अभियान सुरु गरेका छन् । सामाजिक सेवा रुचि भएका १७ वर्षीय खनाल यतिबेला खाद्यान्न अभाव टार्नका लागि खाद्यान्न, आर्थिक र श्रम सहयोगका खोजीमा जुटेका छन् ।
सामथ्र्य नेपाल संस्थाको स्थापना गरेर खनालले सहयोगका लागि अपिल समेत गरेका छन् । हुम्ला र जुम्लाका नागरिकले खान नपाएको उल्लेख गर्दै आशुँ बोकेर बोकिरहेको कर्णालीका लागि सहयोग गर्न सबैमा अपिल गरिएको छ ।
“तपाईहरुको सानो सहयोगले भोकाको पेटमा अनाज पुग्ने छ । नाङ्गाको शरीर ढाकिने छ ।” अपिलमा भनिएको छ । राहतका लागि आर्थिक सहयोग गरेर मलम पट्टी लगाउने अभियानमा सहयोग गर्न सबैमा अनुरोध गरिएको छ । पाँच सयले पाँच दिन खान पुगोस भन्दै कम्तिमा पाँच सय रुपैया सहयोग गर्न अनुरोध गरिएको अभियान्ता खनालले भनाई छ । यसअघि खनालको सक्रियतामा दशैँ अघि कैलालीमा पनि राहत वितरण गरिएको थियो । करिब १ लाख ५० हजार रुपैया बराबरको राहत सामग्री वितरण गरिएको हो । खनालले समाजिक संजालमार्फत सहयोगको अपिल गरेर राहतस्वरुप रकम जम्मा गरिएको थियो ।
जिल्लाको टिकापुर नगरपालिका, जानकी गाउँपालिका, भजनी नगरपालिका, लम्किचुहा नगरपालिका र महोन्याल गाउँपालिकाका करिब ३५ घर परिवारलाई राहत सामग्री वितरण गरिएको खनालले जानकारी दिए । त्यस्तै १५ जना अनाथ बालबालिकालाई स्टेशनरी सामग्रीसमेत वितरण गरिएको थियो पछिल्लो समय जुम्ला जिल्लामा खाद्यान्न अभाव भएकाले त्यस क्षेत्रमा पनि खाद्यान्न वितरणको अभियान सुरु गरिएको खनालले जानकारी दिए । कुनै पनि दलमा आवद्ध नभै विशुद्ध समाजसेवाको उद्देश्यले सामाजिक काममा लागिएको खनालको तर्क छ ।
सबै युवालाई गलत राजनीतिक संस्कारबाट मुक्त गराई सृजनशील काममा सहभागि गराउने उद्देश्यले सामथ्र्य नेपालको स्थापना गरिएको खनालले जानकारी दिए । राजनीतिको नाममा सडकका ढुङ्गा हान्ने युवालाई विकास निर्माणका काममा लगाउनुपर्छ । खनालको तर्क छ । देश विकासका लागि सरकार वा अरुको आलोचना गरेर उपलब्धि नहुने भएकाले युवावर्ग आफैँ पनि सामाजिक काममा प्रत्यक्ष सहभागि हुनुपर्नेमा सामथ्र्य नेपालले जोड दिदै आएको छ ।
चितवनमा केन्द्रिय कार्यलय रहि विशुद्धरुपमा समाजसेवा गरिरएको सामथ्र्य नेपालको अभियानले अहिलेसम्म विभिन्न निजी तथा सरकारी संघ संस्थाका व्यक्तिहरुलाईसमेत सामाजिक काममा सहभागि गराइसकेको छ अब को केही समयसम्म राहतका लागि अपिल गरेको र हुम्लावासि का गरिव परिवारलाई पुग्ने जति रकम उठे आफू यो तिहारको मुखमा हुम्ला जाने योजना रहेको बताएका छ्न् ।













प्रतिक्रिया