१ कार्तिक २०८३, आइतबार

‘वुमन इन कन्सर्ट युएस यात्रा’का कलाकार शुक्रबार अमेरिका आउँदै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

– विजय थापा

वाशिंगटन डीसी । वुमन इन कन्सर्ट युएस यात्रा २०१७ नामक सांगीतिक कार्यक्रमको लागि नेपालबाट कलाकारहरू शुक्रबार अमेरिका आई पुग्ने भएका छन् ।

उनीहरू आएको भोलिपल्ट सिनसिनाटीमा अक्टोबर ७ मा पहिलो प्रस्तुति हुनेछ ।

अमेरिकाका ९ वटा शहर सिनसिनाटी, सेन्ट लुइस, एट्लान्टा, बोस्टन, न्युयोर्क, वाशिंगटन डिसी, बाल्टिमोर, ड्यालस, ओकलाहामा अभया एण्ड द स्टीम ईन्जनस् संगीतमण्डली, गायिका आस्था राउत र नायिका मलिना जोशी सहितको सांगीतिक टोलीले अक्टोबर ७ देखि अक्टोबर २९ सम्म अमेरिकामा प्रस्तुति गर्ने छन् ।

अमेरिकाका विभिन्न राज्यमा हुने यो संगीत कार्यक्रमको आयोजक भिन्तुना इन्टरनेशनल अन्तर्गतको थ्रीई इन्टरटेनमेन्ट समूह तथा आयोजकका प्रतिनिधि कलाकारहरूलाई स्वागत गर्न न्युयोर्क पुग्ने भएका छन ।

वुमन इन कन्सर्ट युएस यात्रा २०१७ अन्तर्गत सिनसिनाटीमा अक्टोबर ७, सेन्ट लुइसमा अक्टोबर ८, एट्लान्टामा अक्टोबर १५, बोस्टनमा अक्टोबर १७, न्युयोर्कमा अक्टोबर २०, वाशिंगटन डिसीमा अक्टोबर २१, बाल्टिमोरमा अक्टोबर २२, टेक्सस ड्यालसमा अक्टोबर २७ तथा ओकलाहामा अक्टोबर २९ तारिख कार्यक्रम गर्ने तय भएको छ ।

यस वुमन इन कन्सर्ट युएस यात्रा २०१७ कार्यक्रममा समाजमा उल्लेखनीय योगदान गर्ने एक महिलालाई सम्मान समेत गरिनेछ ।