२१ कार्तिक २०८३, शनिबार

प्रेस चौतारीका दुई नेता सांसदमा सिफारिस

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असोज । आगामी मंसिरमा हुने निर्वाचनका लागि प्रेस चौतारी नेपालका दुई नेताको नाम नेकपा एमालेबाट उम्मेदवारमा सिफारिस भएको छ ।

प्रेस चौतारी नेपालका पूर्वमहासचिव एवं एमाले केन्द्रीय प्रचार विभाग सचिव विष्णु रिजाल दैलेख क्षेत्र नम्बर २ बाट र चौतारीका निवर्तमान अध्यक्ष राजेन्द्र अर्याल गुल्मी क्षेत्र नम्बर २ बाट प्रदेशको प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस भएका हुन् ।

उनीहरुको नाम प्रदेशस्तरीय क्षेत्रीय कमिटीले केन्द्रमा सिफारिस गरेको हो । उम्मेदवारीको टुंगो केन्द्रले लगाउनेछ।