२१ कार्तिक २०८३, शनिबार

शान्ति टोलबाट पाँचजना जुवाडे पक्राउ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १८ असोज (रासस) ।  जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पोखरा लेखनाथ महानगरपालिका– १४ छिनेडाँडा शान्ति टोलबाट पाँचजना जुवाडेलाई मंगलबार पक्राउ गरेको छ । उनीहरुको साथबाट रु ३४ हजार ३४८ बरामद गरेको छ ।

स्थानीयवासी विष्णुमाया तामाङको घरबाट जुवा खेलिरहेका सुराकीको आधारमा पक्राउ पर्नेमा पोखरा १४ छिनेडाँडाका मनोज तामाङ, वुद्धिमान तामाङ, हरिदेव शर्मा र राजकुमार गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खडकबहादुर खत्रीले जानकारी दिनुभयो ।

यसैगरी पोखराबाट काठमाडाँै जान लागेका एकजना भारतीय नागरिक पाँच लाख ३२ हजार ५०० भारुसहित पक्राउ परेका छन् ।

काठमाडाँै जान लागेका भारतको पश्चिम बंगाल कोलकताका ३६ वर्षीय कृष्नेदु बेनर्जीलाई अवैद्य भारतीय रुपैयासहित पोखरा विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खडकबहादुर खत्रीले जानकारी दिनुभयो ।

थप अनुसन्धान र कारवाहीका लागि पक्राउ परेका व्यक्ति र रकमसहित मंगलबार राजश्व अनुसन्धान विभाग काठमाडाँै पठाइएको छ ।