नवलपरासी, १७ असोज । नेकपा एमालेका प्रभावशाली केन्द्रीय सदस्य एवं सांसद वैजनाथ चौधरी पश्चिम नवलपरासीको प्रतिनिधि सभा क्षेत्र नं. २ अन्तर्गतको प्रदेश सभा क्षेत्र नं. १ बाट निर्वाचनमा लड्ने पक्का भएको छ ।
यसअघि नवलपरासीकै तत्कालिन निर्वाचन क्षेत्र नं. ४ बाट सांसद जितेका नेता चौधरी यस पटक प्रदेश सभा सदस्य पदका लागि निर्वाचनमा उठ्न लाग्नुभएको हो । जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं. २ को प्रदेश सभा क्षेत्र नं. १ को आज सदरमुकाम परासीमा बसेको बैठकले सर्वसम्मत नेता चौधरीको नाम सिफारिस गरेको हो ।
अव जिल्ला कमिटी, प्रदेश कमिटी हुदैँ पार्टीको स्थायी कमिटीको बैठकले उम्मेदवार चयन गर्नेछ । नवलपरासी र रोल्पा जिल्लाका ईन्चार्ज समेत रहेका चौधरी प्रदेश नं. ५ का प्रभावशाली नेता हुनुहुन्छ । उहाँलाई प्रदेश नं. ५ को भावि मुख्यमन्त्रीको रुपमा पनि हेरिएको छ ।












प्रतिक्रिया