२ कार्तिक २०८३, सोमबार

पार्टी एकता संयोजन समितिमा फेरबदल, झलनाथको ठाउँमा ईश्वर पोखरेल आए

6.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असोज । नेकपा माओवादी केन्द्रसँग पार्टी एकीकरणको तयारीका लागि गठित पार्टी एकता संयोजन समितिमा एमालेका तर्फबाट सदस्य रहेका वरिष्ठ नेता झलनाथ खनाल बाहिरिएका छन् ।

स्रोतका अनुसार संयोजन समितिमा एमालेतर्फबाट अध्यक्ष केपी ओली, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम सदस्य रहेपनि आज माओवादीसँग भएको वार्तापछि झलनाथ खनाल बाहिरिएका हुन् । र, उनको ठाउँमा महासचिव ईश्वर पोखरेललाई सदस्य बनाइएको छ ।

माओवादी केन्द्रबाट भने संयोजन समितिमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन् ।